काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । २ सय २ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २ सय १ रन नै बनाएपछि खेल बराबरी भयो । आईपीएल इतिहासमा पहिलो पटक दुई सयभन्दा धेरै रन बनाएर पनि म्याच टाई भएको यो पहिलो हो ।
दुवै टिमको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो । म्याचको एक समय मुम्बई पराजितको सङ्घारमा पुग्ने हो कि भन्ने देखिएता पनि अन्ततः उसले नै बाजी मा¥यो । टिमको १५ ओभरमा ४ विकेट गुम्दा ११२ रन थियो । मुम्बईलाई जितका लागि ९० रन आवश्यक थियो । किरोन पोलार्ड १० र इशान किशन ६१ रन बनाएर क्रिजमा टिकीरहेका थिए । यहीँबाट दुवैले खेलमा बदलाव ल्याए । अन्तमा ५ ओभरमा ८९ रन बनाएपछि खेल बराबरी भयो । पोलार्डले २४ बलमा ६० रन र इशानले ५८ बलमा ९९ रन बनाए । दुवैले पाँचौं विकेटका लागि १ सय १९ रनको पार्टनरसिप गरेका थिए ।
सुपर ओभरमा मुम्बईले बैंगलोरलाई ८ रनको लक्ष्य दिएको थियो । जसलाई विराट कोहली र एबी डिभिलयर्सले सहजै लक्ष्य प्राप्त गर्न सफल भए । आईपीएलको यस सिजनमा यो दोस्रो सुपर ओभर हो । यसअघि दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।


royal c mumbai.jpg