saphe-martadi-road.jpg

धनगढी – विगत तीन महिनादेखि अवरुद्ध रहेको बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक दसैँ सुरु हुन अब १७ दिन मात्रै बाँकी रहँदा पनि सञ्चालनमा आउने कुनै सुरसार छैन ।
सडकका विभिन्न ठाँउमा गएका पहिरो र पुल बगाएपछि गत असारदेखि अवरुद्ध भएको
को साँफे–मार्तडी सडक अहिले पनि सुचारु हुन सकेको छैन ।
वर्षा रोकिएसँगै सडक विभागले सडक खुलाउन प्रयास गरेको भए पनि अझै सुचारु हुन सकेको छैन । सडक सञ्चालनमा नहुँदा यातायातका साधनका साथै स्थानीयलाई समेत आवतजावत गर्न कठिनाई भएको छ ।
ढुवानी ठप्प हुँदा सदरमुकाम मार्तडी लगायत उत्तरी क्षेत्रमा चरम खाद्य संकट परेको छ । यसका साथै दैनिक उपभोग्य सामानको मूल्य समेत आकाशिएको छ ।
सडक खण्डको बुढीगंगा नगरपालिका १ बल्देदेखि द्धारीसम्म डोजरले सडक खोल्दै गरे पनि पछाडिबाट फेरि भत्किरहेको सडक विभागका इन्जिनियर दमन बिष्टले बताउनु भयो ।
बिस्टका अनुसार एक चरणमा सामान्य ट्रयाक खोलिएको तर तिन ठाउँमा दलदल जमिन भएका ले माथिबाट पहिरो आइरहेको हुनाले सडक भत्किएको र सञ्चालनमा ल्यउन कठिन भएको छ । गत असारमा लगातारको वर्षासँगै पहिरो खसेपछि साँफे मार्तडी सडक अवरुद्ध छ । बाढीले बुढीगंगामा बेलिब्रिज र ताप्रिसेरामा पक्की पुल समेत बगाएको छ ।
पहिराले बुढीगंगा नगरपालिका १ अम्कोटमा सडक नै तहसनहस हुने गरी बिगारेको छ । अन्य ठाँउमा सडक खुलाएको भए पनि बुढीगंगाको बल्दे देखि द्धारीसम्म करिब २ किलोमिटर सडक खोल्न निकै समस्या भएको छ । लागातार काम भइरहेकोले दसैँसम्म सडक सञ्चालनमा आउन सक्ने सम्भावना देखिन्छ । बुढीगंगा नदीमा बेलिब्रिजको लागि पनि पहल भइरहेको छ ।