unnamed.jpg

ताप्लेजुङ – गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर उक्त ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको मृत्यु भएको हो ।

डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ गइरहेकोे थियो।

ट्याक्टरका चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।