dead.jpg

वालिङ– बालुवा झिक्ने क्रममा पुरिएर स्याङ्जाको वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् ।

बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली पनि घाइते भएका छन् ।