maxresdefault.jpg

काठमाडौं । उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी महाशाखा प्रतिवद्ध रहेको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुनेगरी काठमाडौं, भक्तपुर र ललितपुरमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय भएको थियो । मंगलबार समाचार तयार गर्दासम्म ट्राफिक प्रहरी महाशाखाले मिचेर चलाइएका ८ सय २५ सवारी साधान होल्ड गरेको छ । तीमध्ये ६ सय ८३ वटा मोटरसाइलक र स्कुटर रहेका छन् ।
एसएसपी ढकालका अनुसार,‘कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएकाले जोर बिजोर प्रणाली पूर्णरुपमा पालना गरिदिनुहुन यस्तो अपिल गरेको बताउनुहुन्छ ।
जोर बिजोर अनुसार कार्यालय, कम्पनी र संघ–संस्थालाई सवारीको ब्यवस्थापन गर्न पनि ट्राफिक महाशाखाले आग्रह गरेको ।