covid.jpg

नेपालमा आज कोरोना भाइरस संक्रमणका कारण १० जनाले ज्यान गुमाएका छन् भने साथै थप १ हजार ५ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल १० हजार १ सय २३ जनामा पीसीआर परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टिभएको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ भने, हालसम्म ५३ हजार ८ सय ९८ जनाले कोभिड–१९ को सङक्रमलाई जितेर घर फर्किएका छन् । हाल देशभर कोरोना सङ्क्रमितको संख्या १९ हजार १९ रहेको छ भने ६ हजार २ सय ८१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा मात्रै आज ८ सय ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।