२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

कृषि/व्यवसाय

पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीतर्फ किसानको बढ्दो आकर्षण

पाल्हीनन्दन, पुस २७ गते। पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । केही वर्षअघि घरायसी उपभोगका लागि मात्र तरकारी खेती गर्दै आएका किसानहरू अहिले यसलाई आम्दानीको मुख्य स्रोतका रूपमा विकास ...

किसानलाई सुन्तलाजन्य परिकार बनाउने तालिम

भोजपुर, पुस २७ गते। षडानन्द नगरपालिकामा सुन्तलाखेतीमा संलग्न किसानलाई उत्पादनसँगै प्रशोधन र बजारीकरणतर्फ उन्मुख गराउने उद्देश्यले सुन्तलाजन्य परिकार बनाउने तालिम दिइएको छ । सुन्तलाको जुस, अचारलगायत विभिन्न परिकार तयार गरेर किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित ...

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक, पुस २७ गते । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उहाँ मख्ख हुनुहुन्छ । ...

कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’

धुलिखेल, पुस २६ गते । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’ प्रदान गरिएको छ । व्यावसायिक रूपमा ४०० देखि ५०० बढी विरुवा रोपेका किसानहरूका लागि पालिकाले सो तालिम प्रदान ...

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

स्याङ्जा, पुस २६ गते । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला ...

टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित

चौतारा, पुस २५ गते। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला कीरा लागेर बोटबाटै झर्न थालेपछि चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे कीरा र पतेरो लागेपछि किसान चिन्तित ...

रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

गण्डकी, पुस २४ गते । कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको ...

धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद

महेन्द्रनगर, पुस २३ गते। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म छ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । कार्यालयले गत मङ्सिर २८ गतेदेखि ...

स्याङ्जामा धान उत्पादन करिब १४ प्रतिशतले वृद्दि

वालिङ, पुस २३ गते। गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन ...

मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

झापा, पुस २३ गते। नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै रु ४८ करोड ५२ लाख ७३ हजार ...