गोरखा, असोज २५ गते । आइतबार एकाबिहानै नदीमा ठुलो बुढीगण्डकी नदीमा ठूलो बाढी आएको छ । रातीदेखि परेको वर्षा र छेकम्पारमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि गोरखाको बुढीगण्डकी नदीमा ठूलो बाढी आएको बताइएको छ । स्यार खोला बुढीगण्डकी नदीको सहायक खोला हो ।
बाढीका गोरखाको सल्लेरी बजार बगाउनुको साथै जगत बजारमा पनि ठुलो क्षति पुगेको छ । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने स्यार खोलामा आइतबार भिसमिसे बिहानै नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ। स्थानीय बासिन्दा र होटलमा बसेका पर्यटक सुरक्षित स्थानतर्फ लागेका छन् । अँध्यारो भएकाले नदी थुनिएको हो वा पहिरो खसेको हो भन्ने यकिन नभएको स्थानीयले बताएका छन् ।




