काठमाडौँ, असोज २१ गते । स्थानीय बजारमा आज सुनको मूल्य आठ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार तीन रुपैयाँ र चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोवार भएको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोवार भएको थियो ।