पर्सा, असोज ४ गते । देशकै प्रमुख नाका वीरगञ्जस्थित भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको छ । सामान आयात हुने देशकै मुख्यनाका र राजस्व सङ्कलनको मुख्य केन्द्रका रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालयमा चालु आव २०८३/८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन भएको हो ।
चालु आ.व.मा वीरगञ्ज भन्सार कार्यालयलाई दिइएको राजस्व सङ्कलनको सीमामा गत भदौ एक महिनामा लक्ष्यको ९९ दशमलव ७५ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४ दशमलव ५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रमुख भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ ।




