काठमाडौँ, भदौ ३० गते । स्थानीय बजारमा आज सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार सुन प्रतितोला रु नौ सय र चाँदी रु २० ले घटेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०० कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार छ सय २० कायम भएको थियो ।




