फाइल तस्वीर
झापा, साउन २१ गते । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर क्षेत्रबाट प्रहरीले दुई लाख ६६ हजार २५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीले जनाए अनुसार बरामद गरिएका अवैध सामानहरुमा विभिन्न प्रकारका मोबाइलका सहायक सामग्री र बालबालिकाका कपडा रहेका छन् । प्रहरीका अनुसार मोबाइलका सहायक सामग्रीको मूल्य रु दुई लाख ५५ हजार ४२५ बराबर छ । यस्तै, बालबालिकाका कपडाको मूल्य रु १० हजार ६०० बराबर छ ।
बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।




