लेबनान, जेठ १३ गते । इजरायली सेनाले दक्षिण लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले मङ्गलबार भएको सोही आक्रमणमा परी अन्य ४० जना घाइते भएको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल–शमाली, कोथरियात अल–रुज, हबुस, मारका र साला लगायतका सहर तथा गाउँहरूलाई निशाना बनाएर शृङ्खलाबद्ध रुपमा सैन्य आक्रमण गरेको थियो ।

विभिन्न स्थानमा गरिएका यी हवाई प्रहारका कारण ठूलो संख्यामा मानवीय क्षति भएको मन्त्रालयले जनाएको छ । एजेन्सी