मस्को, जेठ ९ गते । युक्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाह स्थित नोवोरोसिस्कको तेल डिपोमा आगलागी भएको उक्त शहरका मेयरले शनिबार बताउनुभएको छ । युएभी (मानव रहित हवाई ड्रोन) को भग्नावशेष तेल डिपोमा खस्दा आगलागी भएको उहाँले जनाउनु भएको छ । उहाँका अनुसार आक्रमणका कारण विभिन्न प्राविधिक तथा प्रशासनिक भवनहरूमा आगलागी भएको थियो भने ड्रोनका टुक्राहरू इन्धन टर्मिनल वरपर पनि खसेका थिए । मेयर आन्द्रे क्राभ्चेन्कोले आक्रमणमा दुई जना घाइते भएको पनि टेलिग्राम मार्फत जनाउनु भएको छ ।
नोभोरोसिस्कले रूसको कच्चा तेल ढुवानीको ठुलो भाग ओगट्छ भने कालो सागरमा रूसको सबै भन्दा ठूलो निर्यात केन्द्र हो रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले युक्रेनबाट रातारात प्रहार भएका ३४८ वटा ड्रोनहरू रोकेको बताएको छ ।
सन् २०२२ मा रूसले युत्रेनमा आक्रमण गरे देखि युक्रेनले प्रतिक्रया स्वरुप रूसी भूभाग–भित्र नियमित रूपमा आक्रमण गर्दै आएको छ । किएभले रूसको तेल राजस्व घटाउनका लागि ऊर्जा सुविधाहरूलाई लक्षित गरी बारम्बार लामो दूरीका आक्रमणहरु गरिरहेको बताएको छ ।





