काठमाडौँ, माघ २६ गते । केही दिनअघि ओलारो लागेको सुनको मूल्यले पुनः उकालो लागेको छ । नेपाली बजारमा आज सोमबार ४ हजार १ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

हिजो आइतबार प्रतितोला ३ लाख ५ सय रुपैयाँका कारोबार भएको थियो । चार दिन अघि शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । हिजो आइतबार एकै दिन प्रतितोलामा ९ हजार ५ सय रुपैयाँले बढेको थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम छ । हिजो आइतबार भने चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।