काठमाडौँ, माघ २० गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । चार दिनदेखि लगातार ओरालो लागेको सुनको मूल्यमा आज मङ्गलबार सामान्य रुपले बढेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको हो ।
हिजो सोमबारको तुलनामा आज मङ्गलबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कायम भएको छ । सोमबार एक तोला छापावाल सुन रु दुई लाख ८६ हजार ६०० र एक तोला चाँदी रु पाँच हजार २०० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







