काठमाडौँ, पुस  २८ गते । प्रहरीले काठमाडौँ महानगरपालिका–३ रानीबारीबाट अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

सप्तरीका ३३ वर्षीय सुन्दर मुखिया, सप्तरीकै ३३ वर्षीय सुरेशकुमार ठाकुर र भारत घर भई हाल काठमाडौँ कलङ्की बस्ने २५ वर्षीय पिण्डुकुमार जादवलाई पक्रउ गरी सार्वजनिक केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले निजहरूको साथबाट चार ग्राम ३३० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरादम गरेको छ।  पछिल्लो समय काठमाडौँमा अवैध लागुऔषधको कारोबार तथा सेवनकर्ता बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको उहाँले बताउनुभयो ।