काठमाडौँ, पुस ४ गते । नेपाल चिकित्सक सङ्घले आगामी माघमा हुने केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ। यस निर्वाचनका लागि १९ विभिन्न पदमा उम्मेदवारी दर्ता गरिएका छन्।

अध्यक्ष पदमा १ जना, वरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा ७ (प्रत्येक प्रदेशबाट १-१ जना प्रादेशिक संयोजकसमेत रहने गरी) , महासचिव १ जना, कोषाध्यक्ष १ जना, महासचिव १ जना, सह–कोषाध्यक्ष १ जना, सदस्य –६ जना गरी १९ पदका लागि उम्मेदवारहरुले नाम दर्ता गराएका छन् ।

अध्यक्ष पदमा डा बद्री रिजाल, डा मङ्गल रावल र डा नारायणप्रसाद भुसाल बीच प्रतिस्पर्धा हुनेछ। निर्वाचन काठमाडौँ बाहिर २ र ३ माघमा, र काठमाडौँ उपत्यकामा १५, १६ र १७ माघमा हुनेछ।