काठमाडौँ, मङ्सिर २५ गते । काठमाडौँको कीर्तिपुरस्थित अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्स र लुम्बिनीबीच प्रतिस्पर्धा सुरुभएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएपछि खेल सुरुभएको हो ।
आजको खेलमा विराटनगरले दुई परिवर्तन गर्दै सुवास भण्डारी र शङ्कर रानालाई टोलीबाट खेलाएको छ । विराटनगरले सूर्य तामाङ र नारायण जोशीलाई विश्राम दिएको छ ।
हिजो भएको खेलमा लुम्बिनी लायन्सले काठमाडौंलाई हराएको थियो । आज विजयी हुने टिमले २७ गते शनिबार सुदूरपश्चिमको टिमसँग प्रतिस्पधा गर्नेछ ।







