फाइल तस्वीर

काठमाडौँ, मङ्सिर २४ गते । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा तेस्रो स्थानमा रहेको काठमाडौँ र चौंथो स्थानमा रहेको लुम्बिनीबीच आज बुधबार अपराह्न ४:०० बजे भिडन्त हुन लागेको हो ।


यस अघि भएको लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।