मोरङ, मङ्सिर १७ गते । मोरङको बेलबारी–७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ । प्रहरीले जनाए अनुसार आज दिउँसो बाहुनी बजार नजिकै ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गिरीको मृत्यु भएको हो ।
को२त ९६१३ नम्बरको ट्याक्टरमा सवार चार जनामध्ये तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।
ट्याक्टर चालक रुपचन्द्र ऋषिदेव फरार रहेकाले खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक दाहालले बताउनुभयो ।





