फाइल तस्वीर
सुर्खेत, मङ्सिर ४ गते । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सहचालक करण विकको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे २ त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।