काठमाडौँ असोज ६ गते । आजबाट नौरथा सुरुभयो । नेपालीहरुको महान पर्वका रुपमा लिइने यस वर्षको दशैंको पहिलो दिन आज सोमबार प्रत्येकका घर–घरमा घटस्थापना गरिंदै छ । घटस्थापनासँगै बडादशै सुरु भएको मानिन्छ । दशैँको पहिलो दिन असोज शुक्ल प्रतिपदा अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्व मनाइन्छ ।

विजयादशमीका दिन टीकासँगै लगाइने जमरा आजैका दिन राखिन्छ । बिहान सबेरै उठेर आत्मशुध्दिपश्चात नदी, खोलाबाट बालुवा वा पञ्चमाटोलाई ल्याई पूजाकोठा वा दशैँ घरमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ । घट (कलश)को स्थापना र देवी–देवतालाई आव्हान गरी पूजापाठ गरिने भएकाले पनि यस दिनलाई घटस्थापना भन्ने गरिएको किम्बदन्ती छ । यो दिनबाट दशैँको शुभारम्भ हुन्छ । घटस्थापनाका दिनदेखि भद्रकाली, नक्साल भगवती, शोभाभगवती, इन्द्रायणी, रक्तकाली, मैतिदेवी, दणिणकालीलगायत देशका विभिन्नस्थानमा रहेका शक्ति पिठहरुमा पूजा अर्जना गर्नेहरुको भीड लाग्ने गर्दछ ।

पन्ध्र दिनसम्म मनाईने दशैं घटस्थापनादेखि सुरु भएर कोजाग्रत पूणिर्माको दिन यसको विधिवत रुपमा अन्त्य हुन्छ । यसमध्ये पनि दशैंको पहिलो १० दिनको महत्व एकदमै धेरै रहेको छ । प्राचीनकालदेखि मनाईँदै आएको दशैंको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिकलगायत यावत महत्व रहेको छ । दशैं पर्वलाई परिवार आफन्त, इष्टमित्र, साथी सङ्गती सबैलाई जोड्ने पर्वका रुपमा नेपाली समाजले अङ्गिकार गर्दै आएको छ । नेपालमा मनाइने जे जति चाडपर्व छन् ती सबै समाज र राष्ट्रका सम्पत्ति हुन् भन्दा अत्युक्ति नहोला ।


नेपालीहरुको महान पर्व विजयादशमी सुरु भईसकेको छ । घटस्थापनासँगै आजदेखि बडादश सुरु भएको हो । दशैँको पहिलो दिन असोज शुक्ल प्रतिपदा अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्व मनाइन्छ । विजया दशमीका दिन टीकासँगै लगाइने जमरा अजै राख्ने गरिन्छ । बिहान सबेरै उठेर आत्मशुध्दिपश्चात नदी, खोलाबाट बालुवा वा पञ्चमाटोलाई ल्याई पूजाकोठा वा दशैँ घरमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ । घट (कलश)को स्थापना र देवी–देवतालाई आव्हान गरी पूजापाठ गरिने भएकाले पनि यस दिनलाई घटस्थापना भन्ने गरिएको किम्बदन्ती छ । यो दिनबाट दशैँको शुभारम्भ हुन्छ । घटस्थापनाका दिनदेखि विभिन्न शक्ति पिठहरुमा पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।

दशंै घटस्थापनादेखि सुरु भएर कोजाग्रत पूणिर्माको दिन यसको विधिवत रुपमा अन्त्य हुन्छ । यसमध्ये पनि दशैंको पहिलो १० दिनको महत्व एकदमै धेरै रहेको छ । प्राचीनकालदेखि मनाईँदै आएको यो दशैंको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिक लगायत यावत महत्व रहेको छ ।

दैवी शक्तिमाथि आसुरी शक्तिको पराजय भएको उपलक्ष्यमा मनाउने दशैंको धार्मिक महत्व छ । नौ दिनसम्म देवी र महिषासुरको युद्धमा महिषासुरको पराजय भएको स्मरणमा विभिन्न किसिमका देवीहरुको पूजा गर्ने गरिन्छ । त्यसैले दशमीलाई यस पर्वको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । प्राचिनकालमा भगवान रामले रावणको नाश गरी असत्यमाथि सत्यको विजय भएको मान्यता रहेकाले दशमीको दिनलाई विजयादशमी भनिएको धार्मिक विश्वास छ ।


यसरी कुनैपनि व्यक्ति भित्र रहेको अशान्ति, मनको अस्तव्यस्तता, अज्ञानता, रोग, कष्ट आदिलाई नौ दिनसम्मको साधनाबाट आफ्नो शरीरबाट छुटाउने पर्वको रुपमा दशैंलाई लिने गरिएको छ । त्यसैले धार्मिक एवं आध्यात्मिक महत्वको आधारमा हेर्दा नौ दिनसम्मको साधनापछि हामी टीकाको दिन मान्यजनबाट आशीर्वाद लिएर नयाँ सुखी र समृद्ध जीवनको सुरुवात गर्ने पर्व हो दशैं । आफूभन्दा ठूलाको हातबाट टिका र जमरा लगाएर आशीर्वाद लिने, आफ्नो क्षमताअनुसार राम्रो लगाउने,मीठो खाने,घरआँगन सफा सुग्घर राख्ने लगायतका कामहरु विशेष प्राथमिकताका साथ गरिने यो पर्वको आफ्नै खालको छुट्टै विशेषता रहेको छ ।

यसर्थ दशै सबै नेपालीहरुको पर्व हो । दशौं दिन भगवान रामले रावणमाथि र भगवतीले दानवीय शक्तिमाथि विजय प्राप्तगरेको खुशियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने प्रचलन छ । विभिन्न जात–जाति भाषा–भाषिको सङ्गम नेपाली समाजमा दशैंलाई आ–आफ्नै परम्परा र शैलीमा मनाइने गरेको पाइन्छ । बडा दशैँको नौ दिनसम्म अर्थात् नवमीसम्म नवरात्रको विधि अनुसार प्रत्येक दिन फरक–फरक देवी–देवताको पूजा गरिन्छ । प्रतिपदादेखि शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कण्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिध्दिदात्रीलगायत नवदुर्गाको पूजा आराधना गर्ने गरिन्छ ।

दैवी शक्तिमाथि आसुरी शक्तिको पराजय भएको उपलक्ष्यमा मनाउने दशैंको धार्मिक महत्व छ । नौ दिनसम्म देवी र महिषासुरको युद्धमा महिषासुरको पराजय भएको स्मरणमा विभिन्न किसिमका देवीहरुको पूजा गर्ने गरिन्छ । त्यसैले दशमीलाई यस पर्वको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । प्राचिनकालमा भगवान रामले रावणको नाश गरी असत्यमाथि सत्यको विजय भएको मान्यता रहेकाले दशमीको दिनलाई विजयादशमी भनिएको धार्मिक विश्वास छ ।

दशैंको पहिलो दिन सुख–समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गरेर घटस्थापना गरिन्छ । घटलाई सुख–समृद्धि र ऐश्वर्यदायक तथा मंगलकारी मान्ने गरिएको छ । यहीदिन घटको पूजा गर्नुले घरको सबै विपद्दायक तरङ्गहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक जनविश्वास छ ।

दशैंको पहिलो दिन हामी दुर्गाको शैलपुत्री स्वरुपाको पूजा गर्ने गरिन्छ भने दोस्रो दिन नवदुर्गा मध्येकी दोस्री देवी ब्रहृमचारिणीको पूजा गरिन्छ । भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवीको रुपमा ब्रहृमचारिणी देवीलाई मान्ने गरिएको छ । पहिलो दिन सुख, शान्ति र समृद्धिको कामना सहित गरिएको तपको भोलिपल्ट त्यो तपलाई सिद्ध गर्नको लागि ब्रहृमचारिणी स्वरुपको ध्यान गर्ने गरिन्छ ।

यसैगरी दशैंको तेस्रो दिन अस्तव्यस्त मनलाई एकाग्र हुन सिकाउने तेस्री दुर्गा चन्द्रघण्टाको पूजा गर्ने प्रचलन छ । घटस्थापनाको दिनदेखि सुरु भएको साधनामा अन्यत्र मन नजाओस् भन्नकालागि यस्तो पूजा गर्ने धार्मिक मान्यता छ ।

दशैंको चौथो दिन देवी कुष्माण्डाको पूजा गरिन्छ । मृत्यु, रोग र कमजोरीबाट मुक्ति हुने जनविश्वासका साथ देवी कुष्माण्डाको पूजाआराधना गरिन्छ भने पाँचौं दिनमा देवी स्कन्दमाताको पूजा ज्ञान र विद्वताको लागि गर्ने गरिन्छ । दशैंको छैटौं दिन गुप्त रहस्यकी प्रतीक कात्यायनी देवी र सातौं दिन उग्रस्वरुपकी सुख दायिनी देवीको पूजा गरिन्छ ।

यसैगरी नवरात्रको आठौं दिन सौन्दर्य र करुणामयी देवी महागौरीको पूजा गरिन्छ भने नवरात्रको नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने प्रचलन चलिआएको छ । यसरी कुनैपनि व्यक्ति भित्र रहेको अशान्ति, मनको अस्तव्यस्तता, अज्ञानता, रोग, कष्ट आदिलाई यसरी नौ दिनसम्मको साधनाबाट आफ्नो शरीरबाट छुटाउने पर्वको रुपमा दशैंलाई लिने गरिएको छ ।
त्यसैले धार्मिक एवं आध्यात्मिक महत्वको आधारमा हेर्दा नौ दिनसम्मको साधनापछि हामी टीकाको दिन मान्यजनबाट आशीर्वाद लिएर नयाँ सुखी र समृद्ध जीवनको सुरुवात गर्ने पर्व हो, दशैं । आफूभन्दा ठूलाको हातबाट टिका र जमरा लगाएर आशीर्वाद लिने, आफ्नो क्षमताअनुसार राम्रो लगाउने, मीठो खाने, घरआँगन सफा सुग्घर राख्ने लगायतका कामहरु विशेष प्राथमिकताका साथ गरिने यो पर्वको आफ्नै खालको छुट्टै विशेषता रहेको छ ।


घटस्थापनासँगै भित्रिने नेपालीहरुको महानचाड बडादशैँ हरेकको घरआँगनमा भित्रिएको छ । राजधानीलाई कर्मथलो बनाएर बसेका कर्मशीलहरु आफ्ना परिवारजनहरुसँग भेटघाट गर्दै सँगै बसेर मिठा मसिना खानेकुरा खाने रमाइलो गर्न गाउँ फर्किन थालेका छन् ।

मौसमले अझैपनि राम्रोसँग कोल्टे फेरेको छैन र पानी परिरहेकाले दशैंमा रमाउनेहरुलाई केही असहज बनाउने पो होकी ! भन्ने भय पनि छँदैछ । त्यसमाथि राष्ट्रिय राजमार्गले पनि गाउँघर जाने झोलि कुम्ला बोकेका यात्रुहरुलाई समस्या पारेकै छ ।

त्यसोत देश यतिबेला शोकमग्न जस्तै छ । देशका कयौ युवाहरु जेन–जी आन्दोलनका तात्कालीन सरकारको बर्बर दमनका कारण मृत्युवरण गरेका छन् । अझै सयौं जेन–जीहरु अस्पतालका शैयामा छटपटाइरहेका छन् । जेन–जी आन्दोलनले कति बाबा–आमाको काख रित्तो भएको छ । सपनाहरु तुहिन पुगेका छन् । कति दिदी–बहिनीहरुका सिन्दुर पुछिएका छन् । कति बालबालिकाहरु टुहुरा बनेका छन् । राज्यका भौतिक सम्पत्तिहरु भग्नावशेषमा परिणत भएका छन् । पूर्वदेखि सुदूरपश्चिमसम्म देशलाई आगोको लप्काले पोलेर खरानी बनाएको छ ।

यस्तो परिवेशमा नेपालीहरुले आफुलाई सम्हाल्दै शोकलाई शक्तिमा बदल्नु पर्ने छ । यो शोकलाई शक्तिमा बदल्न विजयादशमीले सबै नेपालीलाई शक्ति प्रदान गरुन् । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताहरुको आन्दोलनबाट उत्पन्न दुःखद् र पीडादायी घटनाका बीच भित्रिएको विजयादशमीले खुशी सँगै शोकलाई शक्तिमा बदल्न प्रेरणा मिलोस् । जेन–जी पुस्ताले उठाएका भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्य गराओस् । नवदुर्गा भवानीले देशको रक्षा गरुन, विजयादशमीको सबैमा शुभकामना ।