कैलाली, जेठ २९ गते । कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।
आज बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घट्नास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।