काठमाडौं, जेठ २८ गते । अनेरास्ववियुमा सहमति नजुटेपछि आज बुधबार निर्वाचन हुने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अवज्ञा गर्दै अनेरास्ववियुमा निर्वाचन हुन लागेको हो । निर्वाचन समितिले पार्टी अध्यक्षको निर्देशनअनुसार डा। सुजन कडरियाको नाम प्रस्ताव गरेको थियो । बन्द सत्रमा नाम घोषणा गरेपछि आपत्ति जनाएका थिए । उनीहरूले निर्वाचन गर्न माग गर्दै होहल्ला गरेका थिए ।
हलमा नाराबाजी गर्दै अधिकांश प्रतिनिधिले निर्वाचनको माग गरेपछि बाध्य भएर तालिका सार्वजनिक गरेको हो । कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा अध्यक्ष पदमा ५ जनाले दाबी गरेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई थियो । सोहीअनुसार अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा कडरियाको प्रस्ताव गर्नुभएको थियो ।
ढकालले उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी र महासचिवमा दीपक धामीको नाम प्रस्ताव गर्नुभएको थियो । नाम प्रस्ताव गर्नासाथ बन्दसत्रमा नाराबाजी भएको थियो । लगत्तै सहमतिको प्रयास स्थगित गरी निर्वाचन प्रक्रियाबाट शुरू हुनेछ । पछिल्लो अवस्थाअनुसार निर्वाचन मण्डलले अध्यक्ष, उपाध्यक्ष, महासचिव पदमा सर्वसम्मत गर्ने प्रयार जारी राखेका छन् ।
सबै जनसंगठनमा पार्टीले हस्तक्षेप गर्न लागेको भन्दै अधिकांश प्रतिनिधिले निर्वाचन गर्नुपर्ने अडान दोहो¥याउँदै नाराबाजी गरेका थिए । होहल्ला र नाराबाजीपछि बाध्य भएर समितिले निर्वाचन प्रक्रिया शुरू गरेको थियो । हालसम्म अध्यक्ष पदमा प्रकाश पौडेल, दीपक धामी, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेका छन् । तर, पछिल्लो समय पौडेल, धामी र कडरियाले अध्यक्ष पदमा मनोनयन गर्ने तयारी भएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार हिजो ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने जनाए तापनि अझै पनि सहमतिको प्रयास जारी रहेको भन्दै अबेरसम्म प्रक्रिया शुरू भएको थिएन ।
कार्यतालिकाअनुसार हिजो राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने बताइएको छ । मतदान भने भोलिका लागि तय भएको छ । आज बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने मतदान कार्यतालिकामा उल्लेख छ । कार्यतालिकाअनुसार निर्वाचनलगत्तै मतगणना हुने र परिणामपछि शपथग्रहण गर्ने तालिका रहेको छ ।
अध्यक्ष मण्डलले अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम सहमति गरेपछि बाँकी पदमा निर्वाचन गर्ने तयारी गरेको छ । आकांक्षी बढी भएपछि निर्वाचन गर्ने निर्णय गरेको हो । अध्यक्ष मण्डलले अबेरसम्म सहमतिको प्रयार जारी राखेका छन् । तर, अध्यक्षका तीन आकांक्षीले निर्वाचन हुर्नेपर्ने अडान बारम्बार दोहो¥याएका छन् । निर्वाचनमा १ हजार ५ सय ६० प्रतिनिधिले मतदान गर्ने छन् । (आजको नेपाल समाचारपत्र दैनिकबाट)