काठमाडौँ, जेठ २७ गते । मेरी आमा लेखपढ गर्न जान्नुहुन्न तर सामाजिक सञ्जाल फेसबुकमा आफँै फोटो र स्टाटस लेखेर पोष्ट गर्नुहुन्छ । हातले लेख्न आउँदैन तर मुखले लेख्नुहुन्छ अर्थात् बोलेर लेख्नुहुन्छ । मलाई ग्राफिक डिजाइन पटक्कै आउँदैन तर मलाई आवश्यक पर्ने ग्राफिक डिजाइन म आफैँ बनाउँछु । कहिलेकाहीँ छक्क पर्छु यो मैले नै बनाएको हो त ?
मलाई पोडकाष्ट बनाउने रहर थियो । पूरा हुन पाएको थिएन । अहिले म पोडकाष्ट बनाउँछु । म चाहिँ बोल्दिन । मेरोभन्दा कैयौँ गुणा राम्रो आवाज भएका प्रस्तोता छन् । तर उनीहरु मान्छे होइनन् । एआईले नै पोडकाष्ट बनाइदिन्छ नेपाली भाषामै ।
कहीँ केही विषयमा प्रस्तुति गर्नुप¥यो भने तुरुन्त मिनेटमा गुणस्तरीय प्रस्तुति तयार गर्छु । यी त साधारण र आधारभूत उदाहरण मात्र हुन् । एआई साक्षर बन्न सक्दा हिजो जान्दै नजानेका, जानेर पनि गर्न नसकेका, गर्दा पनि महिनौँ लाग्ने काम अहिले एआईले मिनेटभरमै गर्न थालेको छ । त्यसैले एआई साक्षरता अहिलेको आवश्यकता हो ।
मानव सभ्यताको विकासक्रममा ‘साक्षरता’ को परिभाषा निरन्तर विकसित हुँदै आएको छ । विगतमा अक्षर चिन्ने, पढ्न र लेख्न जान्ने व्यक्तिलाई ‘साक्षर’ भनिन्थ्यो । तर, प्रविधिको द्रूत विकासले यो परम्परागत परिभाषालाई चुनौती दिएको छ । आजको युगमा प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । स्मार्टफोनदेखि स्मार्ट घरसम्म, प्रविधिले हाम्रो जीवनशैलीलाई पूर्ण रूपमा रूपान्तरण गरिरहेको छ । यसैले, अब साक्षरताको परिभाषा पनि बदलिएको छ । पढ्न–लेख्न जानेर मात्र पुग्दैन, प्रविधिमा साक्षर बन्नु अपरिहार्य भएको छ । र, यसको केन्द्रमा छ–आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० अर्थात् कृत्रिम बौद्धिकता ।
आगामी दिनहरूमा एआई साक्षरता आवश्यकता मात्र होइन, अनिवार्य बन्ने अवस्था सिर्जना हुँदैछ । अबको जमानामा साँचो साक्षरता भन्नाले डिजिटल र कृत्रिम बौद्धिकताको उपयोग गर्नसक्ने क्षमतालाई मानिनेछ । जसरी विगतमा हाम्रा पुर्खाहरू साक्षर नहुँदा पीडा भोग्नुप¥यो, त्यसैगरी अहिलेका युवापुस्ता एआई साक्षर नबन्दा आगामी केही वर्षमै रोजगारी, शिक्षा र सूचनाका नयाँ ढोकाहरूबाट वञ्चित हुनेछन् ।
एआई के हो ?
एआई, अङ्ग्रेजी शब्द ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को सङ्क्षिप्त रूप हो, जसलाई नेपालीमा ‘कृत्रिम बुद्धिमता’ वा ‘कृत्रिम बौद्धिकता’ भनिन्छ । शाब्दिक रूपमा हेर्दा यो मानिसले सिर्जना गरेको बौद्धिकता हो । मानव जाति मात्र यस्तो प्राणी थियो जसमा सिक्ने, बुझ्ने, सोच्ने, विचार गर्ने र निर्णय गर्ने क्षमता थियो । यही क्षमताका कारण मानव सभ्यताले आजको स्वरूप प्राप्त गरेको हो । जब मानिसमा रहेको यही क्षमतालाई मेसिनले अनुकरण गरी मानिसले जस्तै सोच्ने, बुझ्ने, विचार गर्ने र आफैँ निर्णय गर्न सक्ने बनाइयो, त्यसलाई कृत्रिम बौद्धिकता भनिन्छ । सरल शब्दमा भन्नुपर्दा बुद्धि भएको मेसिन नै एआई हो ।
हालै क्यानडाले पूर्वरेडियो पत्रकार इभान सोलोमनलाई ‘एआई मन्त्री’ बनाएको घटनाले विकसित राष्ट्रहरूले एआईलाई कति गम्भीरताका साथ लिएका छन् भन्ने स्पष्ट पार्छ । नेपालमा पनि हालै प्रस्तुत बजेटमा एआईलाई सम्बोधन गरिएको छ ।
हाम्रो मोबाइल, अफिस, गाडी र घरहरुसम्म एआई समावेश भइसकेको छ । हामी जानेर वा नजानेर एआईको प्रयोग गरिरहेका छौँ । केही समयमै एआई हाम्रो जीवनको अभिन्न अङ्ग बन्दैछ । एआईको नयाँनयाँ आविस्कारले संसारसँग हाम्रो अन्तरक्रियाको तरिका नै परिवर्तन गरिदिएको छ । शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटन, प्रशासन, मनोरञ्जन, सुरक्षा लगभग हरेक क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा बढिरहेको छ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष यो हो कि यसले मानवले महिनौँ लगाएर गर्न नसक्ने काम मिनेटमै सम्पन्न गरिदिन्छ । मानिस थाक्छ, तर मेसिन भएकाले एआई थाक्दैन ।
स्वास्थ्य क्षेत्रमा क्रान्तिः एआईले स्वास्थ्य क्षेत्रमा अभूतपूर्व क्रान्ति ल्याइरहेको छ । कोरोना भ्याक्सिनको तीव्र विकासमा एआईको भूमिका महत्वपूर्ण थियो । बेलायतमा मुटु रोग चाँडै पत्ता लगाउन र मधुमेहको स्तर स्वचालित रूपमा नियन्त्रण गर्न एआईको प्रयोग भइरहेको छ । क्यान्सरलगायतका असाध्य रोगहरूको निदान र उपचारमा पनि एआईले चिकित्सकहरूलाई सशक्त साथ दिइरहेको छ ।
यातायातमा प्रगतिः चालकविहीन कारहरू अहिले विश्वभरका सडकहरूमा गुडिरहेका छन् । गुगल जस्ता कम्पनीहरूले पनि चालकविहीन सवारीसाधनको विकासमा ठूलो लगानी गरिरहेका छन् । यसले यातायात प्रणालीलाई सुरक्षित र प्रभावकारी बनाउने सम्भावना बोकेको छ ।
मिडिया र सञ्चारमा रूपान्तरणः मिडिया क्षेत्रमा समाचार उत्पादन, प्रशोधन, प्रकाशन र प्रसारणमा एआईले सहयोग पु¥याइरहेको छ । मानिसजस्तै देखिने एआई एङ्करहरूले समाचार र कार्यक्रम प्रस्तुत गर्ने क्रम बढ्दो छ, जसले सञ्चारमाध्यमको भविष्यलाई नयाँ दिशा दिइरहेको छ ।
कृषिमा उत्पादकत्व वृद्धिः भारतको तेलङ्गानामा एआई प्रयोग गरेर खेती गर्दा उत्पादनमा उल्लेखनीय वृद्धि भएको पाइएको छ । एआईले माटोको अवस्था विश्लेषण गर्ने, बालीको निगरानी गर्ने र सिँचाइ तथा मलको आवश्यकता निर्धारण गर्ने जस्ता कार्यहरूमा किसानहरूलाई मद्दत गर्छ ।
निर्णय निर्माण र प्रशासनः एआईलाई सल्लाहकारका रूपमा राख्ने क्रम बढ्दो छ । भारतको विद्यालयमा एआईले शिक्षकले भन्दा गुणस्तरीय ढङ्गले पढाउने गरेको छ । अब एआईले के गर्छभन्दा पनि ‘एआईले के चाहिँ गर्दैनरु’ भन्ने समय आउँदैछ ।
एआई साक्षरता के हो त ?
जसरी अक्षर चिन्ने, पढ्न, लेख्न र जान्नेलाई ‘साक्षर’ भनिन्छ, त्यसैगरी, एआई बुझ्ने, जान्ने र प्रयोग गर्नेलाई ‘एआई साक्षर’ भनिन्छ । यो एआईको जमाना हो । एआई हाम्रो जीवनको सबै पक्षहरुमा पसिरहेको छ । त्यसैले पढ्न–लेख्न जानेर मात्र पुग्दैन, प्रविधिमा पनि साक्षर बन्नै पर्छ । प्रविधिमा साक्षर नबने अबको जमानामा अघि बढ्न सकिँदैन । जो अपडेट हुँदैन, ऊ आउटडेट हुन्छ ।
एआई साक्षर भनेको एआई विज्ञ बन्नु भनेको होइन । तर, यति चाहिँ जान्नुपर्छः एआई के हो रु एआईले के गर्छ रु एआईका के कस्ता उपकरणहरू ९टुल्स० आएका छन् र तिनीहरूलाई कसरी प्रयोग गर्न सकिन्छ रु एआई प्रयोगका सीमाहरू के छन् रु यसका चुनौतीहरूलाई कसरी सामना गर्ने रु एआई साक्षर नभई सुरक्षित, नैतिक र जिम्मेवार ढङ्गले एआई प्रयोग गर्न सकिँदैन । कुन गलत र कुन सही छुट्याउन पनि सकिँदैन । ‘डिपफेक’ जस्ता प्रविधिले सजिलै झुक्याउन सक्छ । एआई साक्षर भएपछि एआईद्वारा सिर्जित सूचनाको विश्लेषण गर्न सकिन्छ । त्यसैले एआई साक्षरता भनेको एआई प्रणालीहरुले कसरी काम गर्छन्, तिनीहरुले हाम्रो जीवनमा के र कसरी प्रभाव पार्छन् र एआईलाई सुरक्षित, नैतिक र प्रभावकारी रुपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर बुझ्ने र एआईको विकासमा सहभागी हुन सक्ने क्षमता हो । एआई साक्षरता भनेको केवल प्रविधि सिक्नु मात्र होइन यो एउटा जीवनोपयोगी क्षमता पनि हो । जसरी हामीले पढ्न–लेख्न सिकेपछि संसार बुझ्न सक्यौँ । त्यस्तै, एआई बुझ्न सकेपछि हामी डिजिटल युगमा जिम्मेवार नागरिक बन्न सक्छौँ ।
एआई साक्षरता किन आवश्यक छ रु
एआई हाम्रो दैनिक जीवनमा प्रवेश गरिसकेको छ । दैनिक जीवनलाई सरल, सहज र दु्रत बनाउन, समय बचाउन एआई साक्षरता आवश्यक छ । एआई साक्षरताले गलत जानकारीबाट बचाउँछ । चाहिएका जानकारी छिनको छिनमै पाउन सकिन्छ । एआई प्रणाली पनि पूर्वाग्रही हुन सक्छन् त्यो थाहा पाउन पनि एआई साक्षर बन्न जरुरी छ । एआई साक्षर बनेपछि आफ्नो काम र करियरमा अनेकौँ नयाँ ढोका खोल्न सकिन्छ । एआई साक्षरताले नागरिकको सक्रियता बढाउँछ । एआई साक्षर भनेको डिजिटल लोकतन्त्रको आधार हो ।
एआई साक्षर नबन्दा के हुन्छ रु
१। रोजगारी गुमाउने खतरा र अवसरको वञ्चितता ः एआईले धेरै क्षेत्रका लाखौँ रोजगारी खोस्ने त्रास बढेको छ । तर, वास्तविकता के हो भने एआईले रोजगारी खोस्दैन मात्र, त्योभन्दा कैयौँ गुणा बढी नयाँ रोजगारीहरू सिर्जना पनि गर्छ तर, त्यसका लागि एआई साक्षर हुनुपर्छ । एआई नजान्नेको जागिर जान सक्छ र नयाँ अवसरहरू नपाउने सम्भावना रहन्छ । भविष्यको श्रम बजारमा एआई साक्षरता एक आधारभूत योग्यता बन्नेछ ।
२। शिक्षामा पछि परिनेः विकसित देशहरूले एआईमा आधारित शिक्षण प्रक्रिया अपनाएर सिकाइ कार्यलाई कैयौँ गुणा प्रभावकारी बनाएका छन् । उनीहरूले विद्यालय तहदेखि नै एआई पाठ्यक्रम विकास गरेका छन् र विद्यार्थीहरूलाई नैतिक रूपमा एआई उपकरणहरू प्रयोग गर्न अनुमति दिएका छन्, जसले गर्दा उनीहरूको शिक्षाको स्तर उकासिएको छ । एआई साक्षर नबने सो अवसरबाट हामी वञ्चित बन्नेछौँ र विश्व शैक्षिक प्रतिस्पर्धामा पछि पर्नेछौँ ।
३। सूचना र समाचारमा भ्रम ः भारत, पाकिस्तान र अमेरिकामा भएका चुनावहरूमा एआईले बनाएका ‘डिपफेक’ भिडियोका कारण हजारौँ मानिस गलत समाचारले प्रभावित भए । एआई साक्षर नबन्दा कुन सही समाचार र कुन गलत हो भनेर छुट्याउन सकिँदैन । गलत सूचना र दुष्प्रचारले समाजलाई गलत दिशानिर्देश गर्नेछ । एआई साक्षरताले मात्र हामीलाई डिजिटल युगमा आलोचनात्मक सोचका साथ सूचनाको उपभोग गर्न सिकाउँछ ।
४। प्रविधिको उपभोक्ता मात्र बन्नेः यदि हामी एआई साक्षर बन्न सकेनौँ र एआईलाई पाठ्यक्रममै समावेश गरी युवा पुस्तालाई साक्षर बनाउने काममा लागेनौँ भने हामी प्रविधिको उपभोक्ता मात्रै बन्नेछौँ, निर्माता र नीति निर्माता बन्ने अवसर कहिल्यै पाउने छैनौँ । यसले राष्ट्रिय स्वायत्तता र आर्थिक विकासमा समेत नकारात्मक असर पार्नेछ ।
नीति निर्माण:एआईको विकास, नियमन र साक्षरतालाई प्रवद्र्धन गर्ने स्पष्ट राष्ट्रिय नीतिहरू निर्माण गर्नुपर्छ । यसमा डेटा गोपनीयता, नैतिक एआई प्रयोग र साइबर सुरक्षा जस्ता पक्षहरू समेटिनुपर्छ ।
अबको जमानामा अक्षर मात्र होइन, एआई बुझ्नु नै साँचो साक्षरता हुँदैछ । भविष्यमा एआई नजान्ने व्यक्तिलाई ‘नयाँ अशिक्षित’ का रूपमा हेरिनेछ । हामी अहिलेदेखि नै नीतिगत ढङ्गबाटै एआई साक्षरता र एआईको विकासमा अघि नबढे भविष्यमा डिजिटल दास मात्र बन्नुपर्नेछ, डिजिटल नेतृत्व गर्न सक्ने छैनौँ । ‘हैट, एआई त नसिकी नहुने रहेछ १’ भन्ने भावना हरेक नेपालीमा जागृत हुनुपर्छ, किनकि यही नै हाम्रो भविष्यको आधार हो ।
के गर्ने त ?
एआई साक्षरता हासिल गर्न र यसको अधिकतम लाभ उठाउनका लागि निम्न कदमहरू चाल्नु अपरिहार्य छ ः
विद्यालय तहदेखि नै साक्षरताः प्राथमिक शिक्षादेखि नै एआईका आधारभूत अवधारणाहरू र यसको प्रयोगबारे पाठ्यक्रममा समावेश गर्नुपर्छ ।
युवा तथा व्यवसायी लक्षित तालिमः विभिन्न पेसा र उमेर समूहका लागि एआईका उपकरणहरू प्रयोग गर्ने व्यावहारिक तालिमहरू सञ्चालन गर्नुपर्छ ।
सार्वजनिक सचेतना अभियानः एआईका फाइदा, जोखिम र नैतिक प्रयोगबारे जनचेतना फैलाउने अभियानहरू सञ्चालन गर्नुपर्छ । यस प्रकार कम्तीमा एआई साक्षर बन्न र बनाउन ढिला गर्नु हुँदैन ।
(लेखक इटहरिमा रहेर पत्रकारिता गर्नुहुन्छ)