काठमाडौँ, जेठ २४ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ता भएपछि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ।

देउवाले सोधे भएको के हो भन्दै आफूलाई फोन गरेपछि चकित परेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले बताए । देउवाले अध्यक्ष दाहाल प्रचण्डले फोन गरेपछि मुद्दा दर्ता गर्ने सल्लाह नभएको रहेछ भन्ने आफुले ठानेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘देउवाजी झूट चाहिँ बोल्नुहुन्न । हिजो फोन गर्नुभएको थियो । माधवमाथि जुन मुद्दा दर्ता भयो, त्यस विषयमा उहाँ आफैँले मलाई सोध्नुभयो, के भएको हो र अब शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म चकित परेँ ।’अध्यक्ष दाहालले भने प्रधानमन्त्री केपी ओलीले प्रतिशोध राखेर पूर्वप्रधानमन्त्री नेपालमाथि मुद्दा दर्ता गर्न लगाएको आरोप लगाँए । त्यसो त सदनको अवरोध हटाउने विषयमा पनि देउवाले प्रचण्डसँग छलफल गर्नेभएका छन् । (आजको नेपाल समाचारपत्र दैनिकबाट)