काठमाडौँ, वैशाख २८ गते । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८०÷०८१ सम्मको सञ्चित मुनाफाबाट यससम्बन्धी प्रस्तावबारे निर्णय गर्दै बीमा प्राधिकरणसँग स्वीकृति माग्ने भएको हो।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २ दशमलव ५० प्रतिशत बोनस सेयर सेयरधनीलाई बाँड्ने प्रस्ताव गरेको छ । जसमा हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँ २ दशमलव ५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव १३१५७९ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएसँगै सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने छन् ।