काठमाडौँ, बैशाख १२ गते । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले गिरावट आएको हो ।
अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार तोलामा १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार प्रतितोला १० रुपैयाँले घटेर २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।