काठमाडौँ, बैशाख ४ गते । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैपटक ३ हजार ६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ बढेर तोलामा १ हजार ९ सय ६० रुपैयाँ पुगेको हो।