मोरङ, वैशाख २ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका स्थायी समिति सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले जनताको बलिदानबाट प्राप्त सङ्घीय गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । एमाले विराटनगर महानगर कमिटीद्वारा आज यहाँ आयोजित दुई दिने अधिवेशनको उद्घाटन गर्दै उहाँले गणतन्त्रलाई चुनौती दिने प्रतिगमनकारीविरुद्ध पार्टीले देशभर जनजागरण अभियान सुरू गरेको प्रष्ट पार्नुभयो ।

प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका राईले मुलुकमा राजनीतिक स्थायित्व, विकास निर्माणलाई गतिदिन र सुशासन कायम गर्न नेपाली कांग्रेससँग मिलेर सरकार निर्माण गरेको बताउनुभयो ।

एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कार्यकर्ता एकढीक्का भएर मिसन–८४ लाई सफल बनाउनुपर्ने विचार राख्नुभयो । एमाले मोरङ इन्चार्ज जीवन घिमिरे र मोरङ सभापति अजम्बर राईले पार्टीले तय गरेका राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न हामीसबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।