काठमाडौँ, बैशाख १ गते । रहर वा बाध्यताले आफ्नो जन्मभूमि छाडि अन्यत्रै कर्मभूमि बनाउन जाने युवा युवतिहरूलाई आफ्नै गाउँमा उत्पादनसग जोडाउने उद्देश्यले तयार पारिएको टेलिश्रृंखला गाउँ फर्क को सम्पुर्ण कार्य सकिएको छ । धनकुटाको झिलिमिलेमा छायांकन गरिएको टेलिश्रृंखला गाउँ फर्क मा उजाडिएका हाम्रा गाउँ वस्तीहरू,ओझेलिएका चाडपर्व, रितिरिवाज, कला संकृतिहरूको संरक्षण र प्रवर्द्धनका लागि चरीत्रको माध्यमद्वारा यथार्थ परक विषयलाई चित्रण गर्न खोजिएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण गरिने गरि निर्माण भएतापनि उपयुक्त समयभावका कारण हाललाई गाउँ फर्क युटुब च्यानल मार्फत यहि बैशाख १ गते सोमबार साझ ७ः३० बजे प्रशारण हुँदै छ ।
मेहनत र परिश्रमले आफ्नै गाउँबस्ति भित्र उत्पादन मूलक कार्य गरी समाज र राष्ट्रलाई आर्थिक टेवा पुर्याउन सकिन्छ भन्ने सन्देश मूलक उद्धेश्यले तयार पारिएको यस टेलिश्रृंखलालाई बिश्वमणि घिमिरे र एलबी कटवालले संयुक्तरुपमा निर्देशन गरेका हुन।
शंकर अधिकार घायलको शब्द,बिकास चौधरीको सङीत ,नारायण थापाको स्वर रहेको टेलिश्रृंखला ुगाउँ फर्कु मा मनमाया कटवाल, मुकुन्द मैनाली,लक्ष्मीनाथ तिमिल्सिना,अस्मिता बस्नेत,अशोक सिवाकोटी,मेलिना ठकुरी,दिवाकर घिमिरे,इच्छा सिह ठकुरी,प्रतीक्षा काफ्ले,चन्दा भट्टराई लगाएत स्थानीय कलाकारहरूको समेत अभिनय रहेको छ।
गितान्जली योगिको श्रृंगार,राहुल राइको छायांकन रहेको टेलिश्रृंखलाको श्रृंखला निर्देशक चन्द्र भण्डारी हुन ।