जनकपुर, चैत ३१ गते । मधेस प्रदेशसभाको चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य भएको छ ।

मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले आज जनाएको छ ।