काठमाडौँ, चैत २९ गते । सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको हो ।
आज शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँ कायम थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार प्रतितोला ५ रुपैयाँ बढेर तोलामा १ हजार ९ सय ५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको हो ।