काठमाडौँ, चैत २२ गते । साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । हिजो बिहीबार तोलामा १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।