पर्सा ,चैत १९ गते । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।आम जनता पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा उहाँको जोड थियो ।
प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताउनुभयो ।
‘‘मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’’