ढाका, चैत १८ गते । बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिम्सटेक) को छैटौँ शिखर सम्मेलन अप्रिल ४ मा थाइल्यान्डको बैंककमा ‘समृद्ध, लचिलो र खुला बिम्स्टेक विषयवस्तुमा आयोजना हुने भएको छ । सन् २०२२ मा कोलम्बोमा भर्चुअल रूपमा आयोजित पाँचौँ शिखर सम्मेलन भएको तीन वर्षपछि आयोजित यो शिखर सम्मेलनअघि अप्रिल २ मा बिम्सटेक वरिष्ठ अधिकारीहरूको बैठक र अप्रिल ३ मा बिम्सटेक विदेश वा बाह्य मामिला मन्त्रीहरूको बैठक हुनेछ ।

विज्ञप्ति अनुसार शिखर सम्मेलनको उद्देश्य साझा सुरक्षा र विकासका चुनौतीहरू सामना गर्न सात सदस्य राष्ट्रहरू–बङ्गलादेश, भुटान, भारत, म्यान्मा, नेपाल, श्रीलङ्का र थाइल्यान्ड–बीच सहकार्यलाई सुदृढ बनाउनु हो ।

यसमा नेताहरूको दृष्टिकोण र निर्देशनहरू प्रतिबिम्बित गर्ने छैटौँ बिम्सटेक शिखर सम्मेलन घोषणापत्र र सदस्य राष्ट्रहरूबीच भविष्यको सहयोगका लागि अग्रणी मार्गचित्र बैंकक दृष्टिकोण–२०३० सहितको बलियो एजेन्डा समावेश हुनेछ ।

हस्ताक्षरका लागि तय गरिएका प्रमुख सम्झौताहरूमा व्यापार र यात्रा बढाउन बङ्गालको खाडीमा कार्गो र यात्रु यातायात बढाउने उद्देश्यले समुद्री यातायात सहयोग सम्झौता समावेश छ ।

यसबाहेक बिमस्टेक र इन्डियन ओसन रिम एसोसिएसन ९आइओआरए० का साथै संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय ९युएनओडिसी० बीच नयाँ विकास साझेदारीको सुरुआतका लागि सहमति पत्र ९एमओयु० मा पनि हस्ताक्षर गरिने छ ।

शिखर सम्मेलनमा क्षेत्रीय सहयोगका लागि संस्थागत ढाँचालाई बलियो बनाउन बिमस्टेक बडापत्रको पूरकका रूपमा बिमस्टेक संयन्त्रका लागि प्रक्रियाका नियमहरू अपनाउने र बिमस्टेकको भविष्यको दिशासम्बन्धी विशिष्ट व्यक्तिहरूको समूहको प्रतिवेदन पनि हुनेछ ।

सन् २०२४ मा छ वटा बैठक र सरोकारवालाहरूसँग परामर्श गरेपछि समूहले सन् २०२४ सेप्टेम्बरमा आफ्ना सिफारिसहरूलाई अन्तिम रूप दिएको छ र सदस्य राष्ट्रहरूले पहिले नै कार्यान्वयन कदमहरू सुरु गरिसकेका छन् ।

द्रुत रूपमा परिवर्तन भइरहेको विश्वव्यापी राजनीतिक र आर्थिक परिदृश्यको सन्दर्भमा छैटौँ बिम्सटेक शिखर सम्मेलनले सुरक्षा र दिगो विकासका चुनौतीहरूलाई सम्बोधन गर्न सहयोगलाई बढावा दिँदै बङ्गालको खाडीमा एकमात्र क्षेत्रीय निकायका रूपमा सङ्गठनको भूमिकालाई सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

पाँच दक्षिण एसियाली र दुई दक्षिण–पूर्वी एसियाली राष्ट्रलाई एकसाथ ल्याउँदै बिम्सटेक एक गतिशील क्षेत्रीय संस्थाको रूपमा उदय हुने सम्भावना रहेको छ ।

सन् १९९७ जुनमा स्थापना भएदेखि बिम्सटेकले पाँचवटा शिखर सम्मेलन–बैंकक ९२००४०, नयाँदिल्ली ९२००८०, ने पी ताव ९२०१४०, काठमाडौँ ९२०१८० र कोलम्बो ९२०२२०– आयोजना गरिसकेको छ । 

आगामी शिखर सम्मेलनले कृषि र खाद्य सुरक्षा, कनेक्टिभिटी, वातावरण र जलवायु परिवर्तन, जनता–जनता सम्पर्क, विज्ञान, प्रविधि र नवप्रवर्तन, सुरक्षा र व्यापार, लगानी र विकास, नीलो अर्थतन्त्र र विपद् व्यवस्थापन लगायत आठ उप–क्षेत्रसहित सात प्रमुख क्षेत्रमा यसको भविष्यको एजेन्डालाई आकार दिन महत्त्वपूर्ण क्षणलाई चिह्नित गर्दछ ।