फाइल तस्वीरः नेपाली राष्ट्रिय पुरुष फुटबल टिम ।
काठमाडौँ, चैत ८ गते । नेपालले आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि आज सिङ्गापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ । उक्त मैत्रीपूर्ण फुटबल खेल नेपाली समय अनुसार आज शुक्रबार साँझ ६:१५ बजे हुँदैछ ।
खेल सिङ्गापुर नेसनल स्टेडियममा हुने भएको जनाइएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाए अनुसार नेपाल र सिङ्गापुरबीच आज हुने मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोट्र्स एचडीबाट हुनेछ ।
नेपाली राष्ट्रिय टिमका लागि नियुक्तभएका नयाँ मख्य प्रशिक्षक म्याट रोसको आगमनपछि नेपालले आज पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । प्रशिक्षक रोसले आज हुने खेल हेर्न आफू निकै उत्साहित रहेको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । मुख्य प्रशिक्षक रोसको लागि सिङ्गापुरविरुद्धको खेल नेपालका लागि ऐतिहासिक हुने बताउँदै बताउनुभएको छ ।
नेपालले सिङ्गापुरसँग ३६ वर्ष पछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । यसअघि नेपालले सिङ्गापुरसँग सन् १९८९ मा विश्वकप छनोट अन्तर्गतको खेल खेलेको थियो । अहिलेसम्म नेपालले सिङ्गापुरसँग चार पटक प्रतिस्पर्धा गरिसकेको छ । जसमध्ये एक खेल बराबरीमा रोकेको नेपाल बाँकी तीन खेलमा पराजित भएको छ । नेपाल आजको मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई हराएर सुखद् नजिता ल्याउन मैदानमा उत्रँदैछ ।