कैलाली, चैत ७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलबीच आज धनगढीमा भेटवार्ता भएको छ । भेटमा दुवैबीच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताउनुभएको थियो ।
भूतपूर्व सैनिक सम्मेलनमा सहभागी हुन सुदूरपश्चिमको कैलाली पुग्नुभएका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर भेटवार्ता गर्नुभएको हो । सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा आज भूतपूर्व सैनिक सम्मेलन भइरहेको छ ।