फाइल तस्वीर
काठमाडौँ, चैत ३ गते । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड बनाएता पनि आज आइतबार सामान्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । शुक्रबारको तुलनामा आज आइतबार छापावाल सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी सुनको मूल्यसँगै बढेको चाँदीको मूल्य पनि आज घटेको छ । शुक्रबार प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।