प्रतिकात्मक तस्वीर ।
काठमाडौँ, चैत २ गते । काठमाडौँ महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको उपचारका क्रममा बिहान ५:३० बजे ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
बिहान ४ः३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
उपरीक्षक बोहराका अनुसार ट्रिपर गौशालातर्फ फरार भएकोमा खोजतलासका क्रममा रा १ ख २६२२ नम्बरको ट्रिपर विमानस्थलको कार्गोभित्र फेला पारी नियन्त्रणमा लिएको तर चालक फरार रहेका छन् । सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।