तस्वीरमा काठमाडौँको सुन्दरता ।
काठमाडौँ, चैत १ गते ।
काठमाडौँ उपत्यकाको मौसम सफा देखिएको छ । बुधबार र बिहीबार साँझमा परेको सामान्य वर्षा पछि उपत्यकाको वातावरण सफा देखिएको हो ।

देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले साँझपख हल्का वर्षा भएको थियो । वर्षा पछि उपत्यकाको प्रदुषण पनि हटेको छ । आकाश सफा देखिएको छ । हिउँदमा पानी नपरेर उपत्यकाको वातावरण प्रदूषित भएको थियो । तुवाँलोका कारण काठमाडौँ विश्वकै पाँचौं प्रदूषित शहरको स्थानमा रहेको थियो । यतिबेला काठमाडौँ वायु प्रदूषण हुने शहरको सूचीमा ६८ औँ नम्बरमा रहेको छ ।