जनकपुरधाम चैत १ गते । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ । नगरपालिकाको वडा नम्बर ४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत सई सिंहमाथि करणीको आरोप लागेको हो ।
शुक्रबार बिहान मन्दिरमा पूजा गर्न गएकी बालिकालाई रेल्वेट्र्याक सुरक्षा पोस्टमा कार्यरत सई धर्मेन्द्रसिंह महतोले बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको स्थानीयको आरोप छ। सईले हप्काउँदै जबर्जस्ती करणीको प्रयास गरेको भन्दै बालिका चिच्याएपछि स्थानीय भेला भएका थिए।
सशस्त्र प्रहरीका सई सिंहले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन् । स्थानीयहरूले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ ।