फाइल तस्वीर
काठमाडौ, चैत १ गते । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जर्ना अनुसार आज शुक्रबार सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघिको रेकर्ड प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म थियो ।
महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो भने बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन ।
यस्तै, बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा बढी बृद्धि भएको छ । आज चाँदी बढेर प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।