फाइल तस्वीर अमेरिकी राष्ट्रपति डोनाल ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । अमेरिकी वार्ताकारहरु रुससँग वार्ता गर्न त्यसतर्फ लागे
मस्को, फागुन २९ गते । क्रेमलिनले आज बिहीबार बताए अनुसार अमेरिकी वार्ताकारहरू रुसतर्फ जाँदैछन् । रुस र युक्रेनबीच जारी युद्धलाई स्थायी रुपमा रोक्ने प्रयासका लागि अमेरिकी वार्ताकारहरु रुससँग वार्ता गर्न त्यसतर्फ लागेका हुन् ।
रुस र युक्रेनबीचको युद्धलाई अन्त्य गर्न वासिङ्टनले भने युक्रेनमा ३० दिने युद्धविरामको आफ्नो योजना प्रस्तुत गर्न चाहेको छ । यसै हप्ताको सुरुमा साउदी अरबमा भएको वार्ता भएको थियो । सो वार्तापछि युक्रेन युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा सहमत भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । । यद्यपि, मस्कोले अमेरिकी पक्षलाई यो स्वीकार्य छ कि छैन भनेर सङ्केत गर्नुअघि विवरण प्रस्तुत गर्न आग्रह गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले अमेरिकी वार्ताकारहरुका बारेमा “वार्ताकारहरू उडान गरिरहेका छन् र वास्तवमा सम्पर्कहरू निर्धारित छन्” भन्नुभएको छ । वार्ताका लागि क्रेमलिन जाने अमेरिकी टोलीमा को–को सामेल छन् भनेर प्रवक्ता पेसकोभले खुलाउन नचाहेका समाचारमा जनाइएको छ ।
तर ह्वाइट हाउसले भने यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत एवं गाजा र युक्रेन द्वन्द्वका मध्यस्थकर्ता स्टिभ विटकोफ यस हप्ता मस्कोमा हुने बताएको थियो ।
रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले अघिल्लो दिन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जसँग फोन सम्वाद गर्नुभएको क्रेमलिन जनाएको छ ।
रुसले आफ्नो अर्थव्यवस्थामा भएका विकृतिहरूसँग जुझ्दै कुनै पनि सम्झौताको अंशका रूपमा प्रतिबन्धहरू हटाउन चाहन्छ ।
क्रेमलिनी प्रवक्ता पेसकोभका अनुसार मस्कोले प्रतिबन्धहरूलाई ‘अवैध’ मानेको छ, तर वार्ताअघि यस विषयमा सम्भावित कुराकानीका बारेमा विस्तृत जानकारी दिनेछैन । “हामी आफैँलाई अग्रिम रूपमा नराखौँ”, प्रवक्ता पेसकोभको भनाइ छ ।