छिन्चु, फागुन २५ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तीनदिने फोटो प्रदर्शनी हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ शीर्षकमा फोटो प्रदर्शन हुन लागेको हो ।
प्रदर्शनीको देशव्यापी यात्राअन्तर्गत यही फागुन २६, २७ र २८ गते सुर्खेतको वीरेन्द्रनगर र नेपालगञ्जमा एकैदिन प्रदर्शनी राखिएको छ । पहिलो चरणमा वीरगञ्ज र जनकपुरको सफलतापछि दोस्रो चरणमा सुर्खेत र नेपालगञ्जमा प्रदर्शनी गर्न लागिएको जनाइएको छ ।
तेस्रो चरणमा पोखरा, बागलुङ र पाल्पा, चौथो चरणमा बर्दिया, दाङ र रोल्पा, पाँचौँ चरणमा इलाम र झापा, छैटौँ चरणमा विराटनगर, धरान र भोजपुर, सातौँ चरणमा बुटवल, भरतपुर र हेटौंडामा हुनेछ ।
दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्ने उद्देश्यले तस्बिर प्रदर्शन यात्रा थालिएको हो । यो प्रदर्शनीले नेपालका महिलाको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा ऐतिहासिक महत्वलाई स्थापित गर्न सहयोग पु¥याउने अपेक्षासमेत गरिएको छ ।
कर्णाली आट्र्स सेन्टरसँगको साझेदारीमा हुन लागेको प्रदर्शनी वीरेन्द्रनगरको घण्टाघरमा हुने भएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म प्रदर्शनी सञ्चालन हुने आयोजक नेपाल पिक्चर लाइब्रेरीले जनाएको छ । प्रदर्शनी खुला र निःशुल्क हुनेछ ।