काठमाडौँ, फागुन १९ गते । तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल साविक विजेता मछिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच भइरहेका छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा जारी उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा सहभागी हुनुभएको छ ।

फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्छ । रङ्गशाला दर्शकले खचाखच भरिएको छ । खेल सुरु हुनुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुति समेत पस्किएका थिए ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।