काठमाडौँ, फागुन १९ गते । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सुन प्रतितोला एक लाख ६८ हजार एकसय रुपैयाँमा नै कारोबार भएको थियो । यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।