सुनसरी, फागुन १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
आज धरान उपमहानगरपालिका–१५ स्थित श्री शिक्षा सदन माविको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उहाँले मुलुक निर्माण गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको शिक्षा पनि गुणस्तरीय हुनुपर्ने बताउनुभयो ।
“सार्वजनिक विद्यालयले थप मेहनत गरी निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । शिक्षा देश विकासको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै उहाँले श्री शिक्षा सदन स्कुलले यस क्षेत्रको शिक्षाको विकासमा पु¥याएको योगदानको प्रसंशा गर्नुभयो ।
त्यसअवसरमा विद्यालयका व्यवस्थापन समितिले नीतिगत नेतृत्व गर्ने भएकाले विद्यालयका प्र्रमुख र शिक्षकहरुले यस भूमिकालाई निर्वाह गरेर विद्यालयलाई उत्कृष्ट बनाउनुपर्नेमा जोड दिनुभयो ।