काठमाडौँ, फागुन १३ गते । साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सोमबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । हिजो सोमबार तोलामा १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।